Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखाकी ४० बर्षकी एक महिला मोटरसाईकलको ठक्करबाट गम्भीर घाइते


3.6K
Shares

गोरखाकी ४० बर्षकी एक महिला मोटरसाईकलको ठक्करबाट गम्भीर घाइते

गोरखा ३०, असार । गोरखाकी एक महिला मोटरसाईकलको ठक्करबाट आज घाइते हुनुभएको छ । जिल्लाको शहिद लखन गाउँपालिका ५ बस्ने ४० बर्षिया ओममायाँ थापा मोटरसाईकलको ठक्करबाट घाइते हुनु भएको हो ।

तनहुँको आँबुखैरेनी दिउसो १ः३० बजे गोरखा तर्फ जादै गरेको बा ६३ प ९८०६ नम्बरको मोटर साइकलले ठक्कर दिदा उहाँ घाइते हुनुभएको हो ।

आँबुखैरेनी गाउँपालिका ३ को तल्लो बजार क्षेत्र मोटरसाईकलको ठक्करबाट घाइते हुनुभएकी थापाको आँबुखैरेनीमा सामान्य उपचारपछि थप उपचारकोलागि चितवन मेडिकल कलेज भरतपुर लगिएको आँबुखैरेनी प्रहरीले जानकारी दिएको छ । ठक्कर दिने मोटर साइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology