Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

गोरखा जिल्लामा ५५ बर्ष माथिका नागरिकहरुलाई आजदेखि भेरोसिल्ड खोप लगाउन सुरु


3.2K
Shares

गोरखा जिल्लामा ५५ बर्ष माथिका नागरिकहरुलाई आजदेखि भेरोसिल्ड खोप लगाउन सुरु

गोरखा ३०, असार । गोरखा जिल्लामा आजदेखि ५५ बर्षदेखि ६२ बर्ष उमेर समुहका नागरिक सहित पहिलो चरणमा छुटेका सवै, सार्वजनिक सवारी साधनका चालक र सहचालक, बिधालयका शिक्षक, कर्मचारीलाई कोरोना बिरुद्धको खोप लगाउन सुरु गरिएको छ । जिल्लामा भित्रका स्थानीय तहहरुमा सरकारले तोकेको लक्षित समुहलाई आजदेखि भेरोसिल्ड खोप लगाउन सुरु गरिएको स्वास्थ्य कार्यालय गोरखाका खोप तथा कोलचेन निरीक्षक ऋषिराम खत्रीले जानकारी दिनुभयो ।

भेरोसिल्ड खोप पहिलो चरणमा जिल्ला भित्र करिब १० हजार १९३ जनालाई दिने लक्ष्य लिएको उहाँले बताउनुभयो । ‘पहिलो डोजका लागि करिब १३ हजार खोप प्राप्त भएको छ, उहाँले भन्नुभयो, स्थानीय तहमा भएको जनसंख्याको आधारमा खोप उपलब्ध गराएका छौ ।’ गोरखा नगरपालिका भित्र आजदेखि खोप लगाउन सुरु गरिएको उहाँले बताउनुभयो ।

पहिलो चरणमा भेरोसिल्ड खोप लगाएकाहरुका लागि दोस्रो चरणको खोपका चरणका लागि १७ हजार ९०० डोज खोप पोखरामा स्टक राखिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology