गोरखा ३०, असार । मालपोत कार्यालय गोरखाले भोलि असार मसान्त राजस्व रकम नबुझ्ने भएको छ । चालु आर्थिक २०७७/०७८ को अन्तिमदिन भएको बर्षको अन्तिमदिन हिसाव मिलान गर्नुपर्ने भएकाले राजस्व नबुझ्ने कार्यालयले आज सूचना जारी गरि जानकारी गराएको छ ।
कार्यालय असार ३१ गते बिहिबार राजस्व सम्बन्धी कुनैपनि कारोवार नगर्ने जनाएको छ । साथै कार्यालयको सेवा प्रवाह भने पालिका अनुसार मात्र हुने कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।