Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखा सदरमुकाममा मध्यरातमा प्रहरी चढेको मोटरसाईकल दुर्घटनाग्रस्त


8K
Shares

गोरखा सदरमुकाममा मध्यरातमा प्रहरी चढेको मोटरसाईकल दुर्घटनाग्रस्त

गोरखा ३०, असार । गोरखा सदरमुकाममा गएराती मध्यरातमा मोटरसाईकल अनियन्त्रित भएर दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा परी २ जना प्रहरी घाईते भएका छन् । गोरखाबाट तनहुँको भन्सार जादै गरेको बा २ ब ८८३६ नम्बरको मोटर साईकल दुर्घटना हुदा प्रहरी जवान भिमबहादुर कुमाल र प्रहरी हवल्दार जितबहादुर बरामु घाईते भएका हुन् ।

घाईते मध्ये बरामुको टाउकोमा चोट लागेका छ भने अर्का प्रहरी जवान सामान्य घाईते भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ । घाईते बरामुको भने राती नै गोरखा अस्पतालमा सामान्य उपचारपछि पोखराको चरक अस्पतालमा थप उपचारका लागि रिफर गरिएको छ ।

तनहुँको भन्सार प्रहरी चौकीमा कार्यरत दुवै जना कामको शिलसिलामा गोरखा बजार आएको र फर्कने क्रममा बुधबार बिहान १ः२५ बजे गोरखा नगरपालिका ६ को लोकतान्त्रिक चोकमा मोटरसाईकल अनियन्त्रित भएर दुर्घटनामा परेको जनाएको छ ।
फरक जिल्लामा कार्यरत दुवै प्रहरी जवान ड्रेसमा नै रहेका थिए । उनिहरु के कामले मध्यरातमा गोरखा बजारबाट फर्कदै गरेका थिए भन्ने बारेमा खुल्न सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology