गोरखा २६, असार । लायन्स क्लब अफ गोरखा सिटीले आज सदरमुकामको एक मन्दिर परिषरमा बृक्षारोपण गरेको छ । गोरखा नगरपालिका ५ चिल्ड्रेनपार्क क्षेत्रमा रहेको खडकदेबी मन्दिर परिषरमा बृक्षरोपण गरेको क्लबका अध्यक्ष इमानजंङ बानियाँले जानकारी दिनुभयो । क्लबले लायन्स बर्ष २०२१/०२२ पहिलो कार्यक्रम अन्र्तगत क्बलले बृक्षारोपण गरेको छ ।
कार्यक्रममा वडाध्यक्ष श्रेष्ठले क्लबले सुरुवाती कार्यक्रमको रुपमा गरेको बृक्षा रोपण कार्यक्रम नमुना कार्य भएको भन्दै प्रसंसा गर्नुभयो । त्यस्तैगरी टोल बिकास समितिका अध्यक्ष भाइकाजी आले मगरले तारजाली सहितको बृक्षरोपण कार्यक्रम गरेर क्लबले प्रसंसनिय कार्य गरेको बताउनुभयो । बृक्षरोपणमा धुपि, अशोका, कल्की फुल र कपुर लगायतको ३०३५ बिरुवा रोपिएको र रोपिएका बिरुवा संरक्षणका लागि तारजाली समेत लगाइएको उहाँले बताउनुभयो ।
क्लब अध्यक्ष लायन इमानजङ् बानियाँले आफ्नो कार्यकालको पहिलो कार्यक्रमको रुपमा खडकदेबी मन्दिर परिसर उपलब्ध गराइदिएकोमा धन्यवाद दिनुभयो । उहाँले बृक्षरोपण गर्नु ठुलो कुरा नभई बिरुवालाई हुर्काउने र संरक्षण गर्ने मुख्य जिम्मेवारी रहेकाले सबैले यसलाई रेखदेख र संरक्षणमा जुट्न सवैलाई अनुरोध समेत गर्नुभएको छ। क्लबको जिल्लामा सामाजिक कार्यमा सक्रिय सहभागीता रहने गरेको छ ।
