Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

गोरखामा आज कोरोना परीक्षण गरिएका मध्ये झण्डै ५९ प्रतिसतमा संक्रमण देखियो


2.5K
Shares

गोरखामा आज कोरोना परीक्षण गरिएका मध्ये झण्डै ५९ प्रतिसतमा संक्रमण देखियो

गोरखा २५, असार । गोरखा जिल्लामा आज कोरोना परीक्षण् गरिएका मध्ये झण्डै ५९ प्रतिसतमा कोरोना पुष्टी भएको छ । स्वस्थय कार्यालय गोरखाका अनुसार आज एन्टिजेन परीक्ष्ढा गरिएका २२ जनाको एन्टिजेन परिक्षणमा १३ जनामा कोरोना संक्रमण पुष्टी हो । जिल्लाका ४ स्थानिय तह र गोरखा अस्पतालमा गरिएको एन्टिजेन परिक्षणका क्रममा शुक्रबार १३ जनामा संक्रमण देखिएको हो । आजै पीसीआर प्रविधिबाट गरिएको परिक्षणमा थप ४ जनामा पनि संक्रमण देखिएको छ ।

गोरखा अस्पताल, गण्डकी, आरुघाट, धार्चे र अजिरकोट गाउँपालिकामा गरिएको एन्टिजेन परिक्षणका क्रममा १३ जना र पीसीआर परिक्षणबाट धार्चेका थप ४ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय गोरखाले पुष्टी गरेको हो । एन्टिजेन परिक्षण गर्दा संक्रमण देखिएकाहरुमा गोरखा अस्पतालमा १ महिला र २ पुरुष, गण्डकी गाउँपालिकामा १ महिला र ४ पुरुष र आरुघाट गाउँपालिकामा २ जना पुरुषमा संक्रमण देखिएको छ ।

त्यस्तै गरी धार्चे गाउँपालिकामा २ जना पुरुष र अजिरकोट गाउँपालिकामा १ जना महिलामा पनि संक्रमण देखिएको कार्यालयले जनाएको छ । शुक्रबार ५ स्थानमा ४ महिला र १८ जना पुरुषमा एन्टिजेन परिक्षण गरिएको थियो । कार्यालयका अनुसार शुक्रबार सम्म जिल्लाको विभिन्न स्थानिय तहमा २६३ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology