गोरखा, २४ असार : बाढी र पहिराले सडक मार्ग अबरुद्ध भएपछि उत्तरी गोरखामा खाद्यान्य अभाव हुन नदिन हेलिकप्टर मार्फत चामल ढुवानी सुरु गरिएको छ । खाद्य तथा ब्यापार कम्पनी लिमिटेड गोरखाबाट नेपाली सेनाको हेलिकप्टरबाट बुधबार करिब ८५ क्विन्टल चामल पु¥याइएको चुमनुब्री गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङले जानकारी दिनुभयो ।
जिल्ला प्रसासन कार्यालय मार्फत गृह मन्त्रालयको सहयोगमा नेपाली सेनाको हेली मार्फत सहुलियतको चामल सिर्दीबास पु¥याएको उहाँले बताउनुभयो । जेठको अन्तिम सातादेखि नै लगातार परेको अबिरल बर्षाका कारण चुमनुव्री गाउँपालिकामा सडक तथा पैदलबाट समेत अबरुद्ध भएपछि चामल ढुवानी गर्न समस्या हुदै आएको थियो ।
‘चामल ढुवानीका लागि अहिले त्यस क्षेत्रमा खच्चड समेत हिड्ने बाटो छैन’ गाउँपालिका अध्यक्ष गुरुङले भन्नुभयो, ‘कुनै बिकल्प नभए पछि हारगुहार गर्दा गृहले सेनाको हेलीकप्टर उपलब्ध गराईदिएपछि चामल ढुवानी गर्न सम्भवन भएको हो ।’ हेलिकप्टरबाट दुवानी गरिएको चामल खाद्य तथा ब्यापार कम्पनी लिमिटेड सिर्दिबास डिपोमा राखिएको उहाँले बताउनुभयो ।
लगातार परेको अबिरल बर्षाका कारण आएको बाढी पहिराले सडक, पैदलबाटो संगै सञ्चार सम्र्पक समेत बिच्छेद बनेको अध्यक्ष गुरुङले बताउनुभयो । मौसम सफा भए लगत्तै हेलिकप्टरबाट थप चामल ढुवानी गरिने उहाँले जानकारी दिनुभयो । कम्पनी चालु आर्थिक बर्षमा ३ हजार ५ सय क्विन्टल चामल ढुवानी गनुपर्नेमा अहिलेसम्म २ हजार क्विन्टल मात्र सिर्दिबास पु¥याएको छ ।