Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

उत्तरी गोरखामा कार्यरत एक प्रहरी २३ दिनदेखि जवान बेपत्ता


4.4K
Shares

उत्तरी गोरखामा कार्यरत एक प्रहरी २३ दिनदेखि जवान बेपत्ता

गोरखा, २३ असार  : उत्तरी गोरखाको सामागाँउमा कार्यरत एक प्रहरी जवान बेपत्ता हुनुभएको छ । चुमनुव्री गाउँपालिका स्थित सामागाँउ प्रहरी चौकीमा कार्यरत प्रहरी जवान मोहनसिंह कुँवर गएको असार १ गतेदेखि सम्र्पक बिहिन भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) शेखर खनालले जानकारी दिनुभयो ।

कञ्चनपुर जिल्लाको बेलकोट नगरपालिका वडा नम्बर २ घर भएका प्रहरी जवान कुँवर घर बिदाबाट फर्किएर कार्यक्षेत्रमा सामागाउँ जान भनि हिडेको भएपनि अहिलेसम्म कार्यक्षेत्रमा नपुगेको र सम्र्पकमा पनि नआएको उहाँले बताउनुभयो ।

कुँवर धार्चे गाउँपालिकाको तातोपानी क्षेत्रसम्म पुगेको भन्ने सूचना प्राप्त भएको भएपनि त्यहाँबाट कहाँ गए भन्ने बारेमा खुल्न नसकेको एसपी खनालले बताउनुभयो । सम्र्पक बिहिन भएका प्रहरी जवान कुँवरको खोजी कार्य तिव्र पारेको उहाँको भनाई छ ।

‘इलाका प्रहरी कार्यालय आरुघाटका प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली नै परिचालन गरेर खोजी कार्य भइरहेको छ, एसपी खनालले भन्नुभयो, अहिलेसम्म फेला पार्न सकिएको छैन ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology