Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

चितवनमा कर्फ्यु आदेश जारी


2.6K
Shares

चितवनमा कर्फ्यु आदेश जारी

चितवन २२, असार । जिल्ला प्रसासन कार्यालय चितवनले आज कर्फ्यु आदेश जारी गरेको छ । राप्ती नगरपालिका ३ की २३ वर्षीया सुजिता भण्डारीको मृत्युको विषयलाई लिएर केही व्यक्तिहरूले पूर्व–पश्चिम राजमार्ग बन्द, ढुङ्गामुढा, आगजनी लगायत शान्ति भङ्ग हुनसक्ने गतिबिधि गर्न सक्ने भन्दै प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो ।

प्रशासनले जारी गरेको सूचनमा मंगलबार (आज) बेलुकी साढे सात बजेदेखि भोलि बुधवार बेलुकी ७ :३० सात बजेसम्म कर्फ्यु आदेश गरिएको छ । प्रशासनले कर्फ्यु अवधिमा लामो दुरीका गाडीबाहेक आवातजावत र भेला हुन रोक लगाइएको जिल्ला प्रशासन कार्यालय चितवनले निकालेका विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology