गोरखा, १९ असार (रासस) : गोरखाको आरुघाट गाउँपालिका–१, श्यामचेतका एक युवकको खोलाले बगाएर आज मृत्यु भएको छ । बिहान करिब ९ः ३० बजे आरुघाट गाउँपालिकाको वडा नम्बर ३ स्थित फुुङ्गी खोला तर्ने क्रममा चिप्लिएपछि खोला बगाएका २६ बर्षका किरण लामाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रकाश दाहालले जानकारी दिनुभयो ।
खोलाले बगाएर करिब २० मिटर तल पु¥याएको र पानीको भेलले लामालाई किनारामा फालेपछि स्थानीय देखेर उद्धार गरेको उहाँले जानकारी दिनुभयो । अचेत अबस्था उद्धार गरिएका लामालाई उपचारका लागि आरुघाट प्राथमिक स्वास्थ्य केन्द्रमा पु¥याएको थियो । उहाँको उपचार गर्दागर्दै करिब ११ बजे मृत्यु भएको डिएसपी दाहालले बताउनुभयो ।
लगतारको बर्षाका कारण उर्लिएर आएको फुुङ्गी खोला लामालाई बगाएको हो । मतृकको शव पोष्टमार्टम गरि परिवारलाई बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।