Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखाको सिरानचोकमा पहिरोले घर पुरिदा मृत्यु भएका दम्पतीको शव निकालियो


5.4K
Shares

गोरखाको सिरानचोकमा पहिरोले घर पुरिदा मृत्यु भएका दम्पतीको शव निकालियो

गोरखा १९ असार । गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर ७ उपल्लो गोहोरेमा आज बिहान माथिबाट खसेको पहिरोले घर पुरिदा मृत्यु भएका दुई जनाको शव निकालिएको छ । स्थानीयबासी र प्रहरीको सहयोगमा करिब ९:३० बजे ८० बर्षका रमन पाण्डे र उहाँकी श्रीमती ७० बर्षकी नन्दकुमारी पाण्डेको शव निकालिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रकाश दाहालले जानकारी दिनुभयो ।

पहिरोले पाण्डेको भुकम्पपछि पुर्ननिमाण गरिएको टिनले छाएको एकतले कच्ची घर पूर्ण रुपमा पुरिएको उहाँको भनाई छ । घटना लगत्तै स्थानीयले उद्धारको प्रयास गरेको भएपनि करिब ४ घण्टापछि दुवैको शव पहिरोबाट निकालिएको डिएसपी दाहालले बताउनुभयो ।

इलाका प्रहरी कार्यालय जौवारीबाट गएको प्रहरीको टोलीले स्थानीयको सहयोगमा शव निकालेको हो । मृतक दम्पतीको शव पोष्टमार्टमको तयारी भइरहेको उहाँको भनाई छ । उक्त घरमा पाण्डे दम्पती मात्रै बस्दै आएका थिए । तस्विर सौजन्य :  जिल्ला प्रहरी कार्यालय गोरखा

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology