Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखाको आरुघाटमा बेहुली लिएर फर्कदै गरेको बस दुर्घटना


7.7K
Shares

गोरखाको आरुघाटमा बेहुली लिएर फर्कदै गरेको बस दुर्घटना

गोरखा १९, असार : गोरखाको आरुघाट गाउँपालिका–८, मंगलटारमा बेहुली लिएर फर्कदै बस दुर्घटना हुदा ५ जना घाइते भएका छन् । शुक्रबार राती खत्रिस्वाँराबाट बेहुली लिएर धादिङको सल्यानटार तर्फ जाँदै गरेको बस दुर्घटनामा परि बेहुली सहित ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रकाश दाहालले जानकारी दिनुभयो ।

ना ६ ख ९७९८ नम्बरको बस दुर्घटना हुदा बेहुली २२ बर्षकी राधिका सुनार, धादिङ सल्यानटार घर भएका ८७ बर्षका बलबहादुर घिमिरे, ७१ बर्षका दिलबहादुर घिमिरे, ४० बर्षकी बिष्णुमाया सुनार, ११ बर्षकी करिस्मा बि.सी घाइते भएका हुन् । बस सडकमा एक्कासी पल्टिएको प्रहरीको भनाई छ ।

घाइते मध्ये बेहुली सुनारको टाउको चोट लागेको डिएपी दाहालले बताउनुभयो । अन्य घाइतेहरुको भने हात खुट्टामा चोट लागेको उहाँको भनाई छ । घाइते सवैको स्थानीय आरुघाट प्राथामिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । घटना लगत्तै बसका चालक फरार भएको र खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology