गोरखा १९, असार । गोरखाको भीमसेन थापा गाउँपालिका–७ बोर्लाङमा पहिरो जोखिमका कारण २ घर परिवार बिस्थापित भएका छन् । बोर्लाङ स्थित चाहापानीमा स्थानीयबासी २६ बर्षका गोबिन्द रोकाको एक तले कच्ची र एकबहादुर रोकाको एक तले कच्ची घर पहिरोको जोखिममा परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रकाश दाहालले जानकारी दिनुभयो ।
घर पछाडीबाट आएको पहिरोले उनिहरुको घर जोखिमा परेको प्रहरीको भनाई छ । घर पहिरोको जोखिममा परेपछि दुवै परिवारका ८ जनालाई छिमेकी दिवा रोकाको घरमा सुरक्षीत सारिएको उहाँले बताउनुभयो ।