गोरखा १७, असार । गोरखाको पालुङटार नगरपालिका ९ स्थित चामबोटेमा एक घरमा पहिरोको लदो पसेर क्षति पुर्याएको छ । स्थानीयबासी बिमल थापाको पक्की घरमा पहिरोको लेदो पसेर घर नै धराप बनेको छ । त्यस्तै पालुङटार नगरपालिका ४ को छापथोकमा दामोदर गिरीको गोठ पहिरोले बगाउदा ७ वटा भैसी बगाएको छ ।
गिरीको गोठबाट वगाएको भैसीको ठाँटीपोखरी प्रहरीले उद्वार गरिरहेको ईलाका प्रहरी कार्यालय ठाँटीपोखरीले जानकारी गराएको छ ।
त्यस्तै गरी भुसुण्डी खोलाले चोरकाटे जाने पुलको उत्तर तर्फ क्षेति गरेर किसानको खेतमा बाढी पस्दा १ हजार ५०० रोपनी भन्दा बढी धानबाली नष्ट गरेको स्थानिय दिलिप श्रेष्ठले जानकारी दिनुभयो । अहिले भुसुण्डी खोला पुलको खतरा स्तरभन्दा पनि माथीबाट बगिरहेको छ ।फोटो फाइल