चितवन ८, असार । बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । चितवनको रत्ननगर नगरपालिका ५ मगरटोलकी ३२ वर्षीया गिता अधिकारीको बाघको आक्रमणबाट ज्यान गएको हो ।
घर नजिकै रहेको जनकौली मध्यवर्ती सामुदायिक वन भित्र निउरो टिप्न गएका बेला उहाँलाई बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।