बाजुरा । भीरबाट खसेको ढुङगाले लागेर ३८ बर्षका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा बाजुराको जगन्नाथ गाउँपालिकाको ३, मा पर्ने कर्णाली करिडोरमा माथीबाट खसेको ढुङ्गा लागेर नेपाली सेनाका प्युठको ज्यान गएको छ ।
कर्णाली करीडोरमा काम गर्ने नेपाली सेनाका ३८ बर्षका दिलबहादुर भण्डारीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाजुराले पुष्टी गरेको हो ।