Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

सहायक वन अधिकृत ४० हजार रुपैयाँ घुससहित पक्राउ


3.5K
Shares

सहायक वन अधिकृत ४० हजार रुपैयाँ घुससहित पक्राउ

धादिङ ६, असार । सहायक वन अधिकृत ४० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । धादिङको निलकण्ठ सवडिभिजन वन कार्यालयका सहायक वन अधिकृत आठौं तह (कार्यालय प्रमुख) कृष्ण प्रसाद पौडेल ४० हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका हुन् ।

पक्राउ परेका पौडेलले फर्निचर उद्योगमा चिरानको लागि ल्याएको काठको सम्बन्धमा’ अनुसन्धान गर्ने भनि कागजात तयार गरी वन कार्यालयमा लगे पश्चात मुद्दा मिलाउन ४० हजार रुपैयाँ माग गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ। उनलाई बिशेष सूचनाका आधारमा पक्राउ गरिएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology