गोरखा ५, असार । गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर ६ स्थित नयाँ साँघु टोल बिकास समितिको अध्यक्षमा मोहन शाही निर्वाचित हुनुभएको छ । शुक्रबार भएको मतदानमा शाहीले आफ्ना निकटतम प्रतिद्धन्दी अनिल श्रेष्ठलाई ३२ मतको अन्तरले पराजित गर्नुभएको हो । उहाँका निकटतम प्रतिद्धन्दी श्रेष्ठले १८ मत प्राप्त गर्नुभएको थियो भने अध्यक्ष पदका अर्का उमेद्धवार मिस्टर श्रेष्ठले ७ मत प्राप्त गर्नुभएको हो ।निर्बाचित शाही ५० मत प्राप्त गर्दै बिजयी हुनुभएको हो ।
निर्वाचनमा ७५ जना सदस्यले मतदान गरेका थिए। समितिको उपाध्यक्षमा बिबस पन्थ, सचिबमा केन्द्र प्रसाद सापकोटा र कोषाध्यक्षमा शोभा मग्राती बिजयी हुनुभएको छ । त्यस्तै सदस्यमा ज्ञानेन्द्र सुवेदी, इश्वर परियार, अमृत श्रेष्ठ र सुमन श्रेष्ठ चयन हुनुभएको जनाइएको छ । वडा सदस्य गंगा सुनारको विशेष उपस्थितिमा टोल बिकास समिति गठन गरिएको आयोजकले जनाएको छ ।