Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

अबैध हतियार सहित जसपाका जिल्ला कमिटी सदस्य पक्राउ


4.5K
Shares

अबैध हतियार सहित जसपाका जिल्ला कमिटी सदस्य पक्राउ

उदयपुर ४, असोज । प्रहरीले अबैध हतियार सहित जनता समाजबादी पार्टीका नेता पक्राउ परेका छन् । पार्टीका उदयपुरका जिल्ला कमिटी सदस्य परशुराम चौधरी स्वचालित हतियारसहित पक्राउ परेको प्रहरीले जनाएको छ ।

त्रियुगा नगरपालिका–३ मोतिगढाबाट बिहीबार मध्याह्न चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक भीमबहादुर दाहालले जानकारी दिनुभयो ।

चौधरीको घरबाट मेडिन यूएस लेखिएको एक थान अटोमेटिक (स्वचालित) पेस्तोल र त्यसमा लाग्ने ५ राउन्ड गोली बरामद भएको छ । पक्राउ परेका चौधरी माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology