गोरखा ३, असार उत्तरी गोरखाको सल्लेरीका बाढी पहिरो पिडीतलाई जनता समाजबादी पार्टीले सहयोग सामाग्री प्रदान गरेको छ । जसपा गोरखाका जिल्ला उपाध्यक्ष राजेन्द्र पराजुलीले आज राजधानीबाट हेलीकप्टर मार्फत सहयोग सामाग्री सल्लेरीमा पु¥याएर बाढी पहिरो पिडितलाई प्रदान गर्नुभएको पार्टीका गोरखा जिल्ला सचिव बिपिनचन्द्र ढकालले जानकारी दिनुभयो ।
पराजुलीले आफ्नै खर्चमा सिम्रीक एयरको हेलीकप्टर मार्फत आज सल्लेरीका बाढी पहिरो पिडीतलाई त्रिपाल ४० थान, २८ प्याक चाउचाउ, म्याट्रेस ३ रोल, २००० थान माक्स, त्रिपाल डोरी १ बोरा र विभिन्न राहत सामाग्री वितरण गर्नुएको हो । सामाग्री वितरण गरेर उपाध्यक्ष पराजुली पुनः सोही हेली मार्फत राजधानी फर्किएको जसपा गोरखाले जनाएको छ ।