गोरखा ३, असार । गोरखाका स्थानीय तहहरुलाई गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि ४ अर्ब ७ करोड ६ लाख रुपैया बजेट बिनियोजन गरेको छ । प्रदेश सरकारले समानिकरण अनुदान, सर्तश अनुदान, समपुरक र विषेश गरि बजेट बिनियोजन गरेको हो । जसमध्ये गोरखा नगरपालिकालाई ३३ करोड ६ लाख ५५ हजार विनियोजन गरेको छ ।
त्यस्तै पालुङटार नगरपालिकालाई २८ करोड २३ लाख बिनियोजन गरेको छ । त्यस्तै अजिरकोट गाउँपालिकालाई २४ करोड ७ लाख, आरूघाट गाउँपालिकालाई २५ करोड ६ लाख पठाएको छ । प्रदेश सरकारले आगामी आथिर्क बर्षका लागि गण्डकी गाउपालिकालाई २६ करोड ६ लाख रकम बिनियोजना गरेको छ ।
चुमनुव्री गाउँपालिकामा प्रदेश सरकाले २४ करोड ९ लाख, भिमसेन थापा गाउपालिकालाई २५ करोड ९ लाख रुपैया बिनियोजन गरेको छ । सहिद लखन गाउपालिकामा ३१ करोड ७ लाख, सिरानचोक गाउपालिकालाई २५ करोड ९ लाख र बारपाक–सुलिकोट गाउपालिकालाई ३१ करोड ३ लाख रुपैया बजेट बिनियोजन गरेको हो ।