Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

गोरखा अस्पतालमा काम गर्ने वाताबरण नभएको भन्दै चिकित्सकले दिए राजिनामा


8.1K
Shares

गोरखा अस्पतालमा काम गर्ने वाताबरण नभएको भन्दै चिकित्सकले दिए राजिनामा

गोरखा १, असार । गोरखा अस्पतालका चिकित्सक हेमन्त ढुङ्गानाले अस्पतालमा काम गर्ने बाताबरण नभएको भन्दै राजिनामा दिनुभएको छ । अस्पतालका कन्सल्टेन्ट अर्थोपेडिक सर्जन डा. ढुङ्गानाले सामाजिक बिकास मन्त्रालय पोखरामा राजीनामा पत्र बुझाउनु भएको हो । राजीनामा पत्रमा उहाँले अस्पताललाई थप प्रभाबकारी बनाउनका लागि पटक पटक अस्पतालका मेडिकल सुपरीटेण्डन्टसंग उल्टै असहयोग गर्ने गरेको भन्दै मन्त्रालयमा पत्र बुझाउनु भएको हो ।

‘अस्पतालको प्रगती र बिकासका लागि चिकित्सक डाक्टर तथा स्वास्थ्यकर्मीहरुले राखेको समस्या र सुझावका बिषयमा अस्पतालका मेसुले सकारात्मक रुपमा लिएर पहल थाल्नु पर्नेमा उल्टै पूर्वाग्रह लिएर असहयोग थालेको दुःखद बिषय हो, डा. ढुङ्गानाले बुझाउनु भएको राजीनामा पत्रमा भनिएको छ, कोरोना महामारीमाको अबस्थामा सामुहिक रुपमा तनावमुक्त तथा मैत्रीपूर्ण बाताबरणमा सेवा दिनुपर्ने अस्पताल अहिले गुटबन्दी, आरोपप्रत्यारोप र दबाबको भुमरीमा अल्मलिएको छ ।’

राजीनामा पत्रमा उहाँले पूर्वाग्रहपूर्ण नेतृत्वको मातहतमा बसेका काम गर्न सक्ने बाताबरण नभएकाले असार १ गतेदेखि लागू हुनेगरि राजीनामा स्विकृत गरि पाउँ भन्दै मन्त्रालयमा राजीनामा पत्र बुझाउनु भएको हो । डा ढुङ्गानाले गएको २०७७ चैत ८ गतेदेखि गोरखा अस्पतालमा सेवा सुरु गर्नुभएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology