गोरखा १, असार । बिघटित प्रतिनिधिसभाका सांसद चुडामणी खड्का (प्रकाश)ले कोरोना र रोकथाम तथा न्युनिकरणमा सहयोग पु¥याउन करिब १२ लाख रुपैया बराबरको स्वास्थ्य सामग्री प्रदान गर्नुुभएको छ । नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य समेत रहनु भएका सांसद खड्काले जिल्लाको सिरानचोक गाउँपालिका र पालुङ नगरपालिकाको वडा नम्बर २ र १० स्थित स्वास्थ्य चौकीमा स्वास्थ्य सामग्री उपलब्ध गराउनु भएको हो ।
सांसद खड्काले सोमबार नै सिरानचोक गाउँपालिकामा १० लिटर क्षमताको अक्सिजन कन्सन्ट्रेसन, २० हजार थान सर्जिकल मास्क, ६७ थान पिपई, १ सय लिटर सेनिटाइजर प्रदान गर्नुभएको नेकपा माओबादी केन्द्र जिल्ला कमिटी सदस्य दुर्गा श्रेष्ठले जानकारी दिनुभयो त्यस्तै सांसद खड्काबाट गाउँपालिकाका लागि १ सय थान फेस सिल्ड, १५० जना एन्टिजेन किट लगायत अन्य औषधीहरु समेत प्राप्त भएको उहाँले बताउनुभयो ।
त्यस्तै पालुङ नगरपालिकाको वडा नम्बर २ र १० स्थित स्वास्थ्य चौकीलाई एकमुष्ट २० हजार थान सर्जिकल मास्क, १ सय लिटर सेनिटाइजर, ५० थान पिपई, १५० थान एन्टिजेन किट प्रदान गर्नुभएको उहाँको श्रेष्ठको भनाई छ । जिल्लामा कोरोना संक्रमण फैलन सुरु भएपछि सांसद खड्का पटक पटक जिल्ला आएर आबश्यक क्षेत्रमा स्वास्थ्य सामग्री बितरण गर्दै आउनु भएको छ ।