गोरखा ३१, जेठ । गोरखामा कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट पूर्व गा.वि.स अध्यक्षको मृत्यु भएको छ । जिल्लाको सिरानचोक गाउँपालिकाको जौवारी घर भएका पूर्व गा.वि.स अध्यक्ष पूर्णबहादुर गुरुङको गएराती मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।
जौवारीमा यही जेठ ९ गते गरिएको एन्टिजेन परीक्षणका क्रममा गुरुङमा कोरोना पुष्टी भएको गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ । संक्रमण पुष्टी भएसंगै स्वास्थ्यमा समस्या देखिदै गएपछि उहाँलाई उपचारका लागि काठमाण्डौंको सहिद गंगालाल अस्पतालमा भर्ना गरिएकोमा उपचारका क्रममै मृत्यु भएको हो ।
स्वर्गिय गुरुङ २०५४ सालमा साविकको जौवारी गा.वि.सको अध्यक्ष हुनुहुन्थ्यो ।