गोरखा, २९ जेठ : गोरखाको धार्चे गाउँपालिका–२, रुन्चेतका एक बालकको रुखबाट खसेर मृत्यु भएको छ । घर नजिककै रहेको रुखमा चराको गुँड हेर्न भनि चढेका १० बर्षिय साजन घलेको रुखबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रकाश दाहालले जानकारी दिनुभयो ।
रुखबाट खसेर गम्भीर घाइते भएका घलेको गोरखा अस्पतालका उपचारका क्रममा गएराती मृत्यु भएको उहाँले बताउनुभयो । घटनालगत्तै उद्धार गरि स्थानीय गाँउघर क्लिनिकमा उपचार पछि घाइते बालकलाई थप उपचारका लागि गोेरखा अस्पताल ल्याइएको थियो ।
बालक रुखबाट खसेर करिब १५ फिट मुनि भीरमा पुगेको अबस्थामा उद्धार गरिएको स्थानीयको भनाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।