धादिङ २८, जेठ । आँखु खोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता युवकको शव भेटिएको छ । तीन दिनअघि पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका धादिङस्थित निलकण्ठ नगरपालिका–३ का सुमन श्रेष्ठका शुक्रबार शव फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
श्रेष्ठको शव डुबेको भन्दा तीन किलोमिटर तल टारीबेसीस्थित पुल नजिकै खोलाको किनारमा ढुङ्गाले चेपेर पुरिएको अवस्थामा फेला परेको हो । श्रेष्ठ यहीँ जेठ २६ गते साथीहरु संगै पौडी खेल्न जानुभएको थियो । उहाँ फुटवल खेलाडी समेत हुनुहुन्थ्यो