बाजुरा २८, जेठ । एक करोड ८० लाख रुपैया खर्च गरेर निर्माण गरेको नहरमा पानी नआएपछि किसानहरु चिन्तित बनेका छन् । बाजुराको जगन्नाथ गाउँपालिका वडा नम्बर ६ का स्थानियले पानी अभावका कारण सिचाइँ गर्न समस्या भएको बताएका छन् । जगन्नाथ गाउँपालिकाले निर्माण सम्पन्न गरेको कालगाड कापु सिचाइँ नहरमा पानी आउन छोडे पछि सिचाइँ गर्न समस्या भएको स्थानियले बताएका हुन् ।
वडा नम्बर ६ का स्थानियको सिचाइँ समस्यालाई मध्यनजर गर्दै गाउँपालिकाको १ करोड ८० लाख लागतमा निर्माण गरेको नहरमा पानी आउन छोडेपछि स्थानियलाई धानको वेर्ना जोगाउन समस्या भएको स्थानिय रामलाल विष्टले जानकारी दिनुभयो । सिचाइँ नहर सम्पन्न भएको करिब चार महिना वितिसक्दा पनि नहरमा पानी आए नआएको र गाउँपालिकाले अनुगमन समेत नगरेको उहाँले गुनासो गर्नुभयो ।
आकासे पानीको भरमा खेति हुदै आएको अवस्थामा सिचाइँ नहर निर्माण हुदाँ केहि सहज होला भन्ने आशमा रहेका स्थानियलाई नहर सुख्खा भएको देख्दा चिन्ता थपिएको अर्का स्थानिय कुम्मराज रावलले बताउनुभयो । पानी अभावका कारण वडा नम्बर ६ का करिब ४ सय ५० बढी स्थानियलाई धान र कोदाको विउ जोगाउन मुस्किल भएको उहाँले बताउनुभएको छ ।