Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

गोरखाका पाँच स्थानीय तहहरुलाई ६ वटा एम्बुलेन्स प्रदान


4.3K
Shares

गोरखाका पाँच स्थानीय तहहरुलाई ६ वटा एम्बुलेन्स प्रदान

गोरखा, २६ जेठ । गोरखाका बिभन्नि ५ वटा स्थानीय तहहरुलाई कोरोना संक्रमण बिरुद्ध जुध्न सहयोग पु¥याउने उद्देस्यले ६ वटा एम्बुलेन्स सहितका स्वास्थ्य सामग्री आज प्रदान गरिएको छ । सम्भव छ नेपाल नामक संस्थाले गोरखा नगरपालिकामा एक कार्यक्रमका बिच स्थानीय तहहरुलाई एम्बुलेन्स सहितको स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेको हो ।

जिल्लाको आरुघाट गाउँपालिका घर भइ पर्यटन व्यवसाय गर्दै आउनु भएका संस्थाका अध्यक्ष प्रेमकुमार खत्रीको उक्त सामग्री खरिद गरि जिल्लाका स्थानीय तहहरुलाई उपलब्ध गराउनु भएको हो । गोरखा नगरपालिकालाई २ वटा, धार्चे गाउँपालिका, भीमसेन थापा गाउँपालिका, सहिद लखन गाउँपालिका र गण्डकी गाउँपालिकालाई १/१ वटा एम्बुलेन्स हस्तान्तरण गरिएको संस्थाले जनाएको छ ।

संस्थाले जिल्ला बिभिन्न अन्य स्थानीय तहहरुका लागि एम्बुलेन्स समेत गरि करिब १ करोड रुपैया बराबर सामग्री प्रदान गरिएको संस्थाका अध्यक्ष खत्रीले जानकारी दिनुभयो । त्यस्तै संस्थाले कोरोना संक्रमणका बिरुद्ध लड्न सहयोग पु¥याउन ६ थान अक्सिजन सिलिण्डर, ६ सय थान एन्टिजेन किट, १२ सय थान भिटिएम र ८ सय लिटर सेनिटाइजर पनि स्थानीय तहहरुलाई उपलब्ध गराएको छ ।

त्यस्तै ५६ हजार सर्जिकल मास्क, १ सय थान अक्सिमिटर लगायत पिपिई सेट, फेससिल्ड पनि स्थानीय तहहरुलाई प्रदान गरिएको उहाँले बताउनुभयो । गाउँपालिकालाई उपलब्ध गराएको एम्बुलेन्स एउटा रु १२ लाख रुपैयामा खदिर गरिएको संस्थाले जनाएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology