मोरङ २५, जेठ । गएराती चट्याङ लागेर ३८ बर्षका एक पुरुषको मृत्यु भएको छ । मोरङको बेलबारी नगरपालिका–५ कसेनीका ३८ वर्षका मनीराम चौधरीको चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
हावाहुरी र बर्ष संगै परेको बेला बरण्डामा खाना खाइरहेका बेला नजिकै परेको चट्याङ चौधरी गम्भीर घाइते हुनुभएको थियो । घाइतेलाई उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।