गोरखा २४, जेठ । गोरखा जिल्लामा आज थप १०७ जनामा कोरोना संक्रमणको पुष्टी भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको बिज्ञप्तिमा जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको पिसिआर परीक्षणका क्रममा ३७ जनामा संक्रमणको पुष्टी भएको हो ।
त्यस्तै जिल्ला भित्र गरिएको एन्टिजेन परीक्षणका क्रममा ७० जनामा संक्रमणको पुष्टी भएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।