दीपक श्रेष्ठ
गोरखा नगरपालिकाले नगर क्षेत्र भित्रको फोहोर व्यवस्थापन उचित ढंगले गर्न नसकेको आलोचना नगरपालिकासंग नगरबासीले पटक पटक गर्दै आएका छन् । नगरक्षेत्र भित्रका मुख्यमुख्य सडकमा नगरपालिकाको फोहोर बोक्ने गाडी गुड्ने गरेकै छ । तर नगरक्षेत्रका भित्री सडक र बस्तीका नगरबासीलाई फोहोर फ्याक्न सधै पिरलो हुने गरेको छ ।
हप्तौसम्म घरभित्रबाट निस्कने फोहोर किचनको छेउमा कुहिने गरी डुङडुङ नगन्हाएसम्म थुपारेर राख्नु पर्ने गोरखा नगरपालिकाका भित्री बस्तीका नगरबासीको बाध्यता छ । जब झिङगा नै भन्किने अनि गन्हाउने अबस्था आउछ त्यसपछि नगरपालिकाको फोहोरको गाडी आउला फ्याकौला भनेर हप्तौसम्म कुरेर बस्ने नगरबासीहरुले लुकीछिपी मौका छौपेर रातको समयमा होस वा कसैले नदेख्ने गरि त्यही फोहोरको पोका कुनाकानी, नालाको छेउछाउ र खोलाको वरपर लगेर फ्याक्नु पर्छ । योे रहर होइन बाध्यता भएको बताउछन् नगरबासीहरु ।
गोरखा नगरपालिका क्षेत्र अन्र्तगत पर्ने ग्रामिण क्षेत्र ताप्ले, देउराली, फिनाम, नारेश्वर लगायतका क्षेत्रका नगरबासीहरुको समस्या होइन यो । यो त मुख्य बजार क्षेत्रका पनि मुख्यतया भित्री बस्तीका नागरिकहरुको बाध्यता र पिडा हो । नगरपालिकाबासीहरु भएकाले नगरपालिकाले तोकेको फोहोरको कर भित्री बस्तीका नागरिकहरुले पनि बराबरी र समयमा नै तिरेका हुन्छन् ।
नतिरे नगरपालिकाले जरिबाना सहित नगरबासीसंग शुल्क उठाउछ । तर सेवा आक्कल भुक्कल मात्र पाउने गर्छन । नगरपालिकाले पटक–पटक सार्वजनिक सूचना निकालेर जथाभावी फोहोर नफाल्न, फाले कारवाही गर्ने चेतावनी सहितको सूचना निकाल्छ त कहिल्यै त्यही नगरपालिकाले तपाई क्षेत्रमा नियमित फोहोरको गाडी आएको छ की छैन, नियमित सेवा पाउनु भएको छ की छैन भनेर नगरबासीसंग सोध्ने हिम्मत गरेको छैन ।

बस्तीमा फोहोर लिन नआएपछि शनिबार नगरपालिकामा फोहोर लिएर जाँदै बगैचाटोलका स्थानीयबासी
शुल्क उठाउन कुनै कसर बाँकी नराख्ने तर सेवा दिने कुरामा नगरबासीलाई के समस्या छ भनेर प्रश्न गर्ने हिम्मत नगर्ने नगरपालिका नगरबासी प्रति कत्तिको उत्तरदायी छ भन्ने सजिलै बुझ्न सकिन्छ । भित्री बस्तीका नगरबासीहरुले फोहोर प्याक्ने बेलामा नगरपालिकाले आफुहरुलाई बिभेद गर्ने गरेको महसुस गर्नु स्वभाविक पनि हो । अन्यत्र ढाटाको कुरौ नगरौ गोरखा नगरपालिका वडा नम्बर ८ स्थित बगैचाको भित्री टोल नगरपालिका कार्यालयको गेटबाट नजिकैपर्छ ।
सडकको भित्री बस्तीसम्म पुग्ने गरि ढलान बाटो बनेको छ । जहाँ सजिलै सवारी साधन ओहोर दोहोर गर्न सक्छ । तर त्यही बस्तीमा फोहोर उठाउन नगरपालिकाको गाडी नगएकोे करिब २ महिना भइसकेको स्थानीयबासीहरु बताउछन् । फोहोर उठाउन बस्तीमा गाडी नआएपछि त्यहाँका स्थानीयबासीहरु आफै फोहोर काँधमा बोकेर नगरपालिकासम्म फ्याँक्न जानुपर्ने बाध्यता छ । शनिबार मात्र त्यस क्षेत्रका स्थानीयबासीले फोहोर काँधमा हालेर नगरपालिकाको कार्यालयमा रहेको गाडीमा फोहोर फ्याक्न गए ।
घरमा फोहोर लिन आउनु त कता हो कता कार्यालय परिषरमै रहेको फोहोरको गाडीमा फोहोर फ्याक्न जाँदा समेत नगरपालिकाको सुरक्षाकर्मीले दुव्र्यव्यहारको प्रयास गरेको स्थानीय बताउछन् । ‘करिब २ महिना जति भयो पटक पटक नगरपालिकालाई आग्रह ग¥यौ फोहोरको गाडी पठाईदिनु प¥यो भनेर, स्थानीबासी रिक्तबहादुर बाँनियाले भन्नुभयो, शनिबार (आज) हामी आफैले नगरपालिका पुगेर फोहोर बोक्ने गाडीमा फोहोर फ्याँकेर आयौं ।’
उहाँले बगैचा टोलबस्तीका स्थानीयबासीहरुले सधै जसो यसरी नै घर भित्रका फोहोर व्यवस्थापन गर्नुपर्ने बाध्यता रहेको बताउनुहुन्छ ।समयमा फोहोरको गाडी फोहोर लिन नआउदा बगैचा टोलमा एउटै घरमा ८/१० बोरासम्म फोहोर थुप्रिएर रहने गरेको स्थानीयको भनाई छ । अर्का एक स्थानीयले पनि नगरपालिकालाई फोहोर लैजान पटक-पटक आउन आग्रह गर्नुपर्ने बाध्यता आफुहरुको रहेको बताउनुभयो ।
‘कर तिर्ने बेलामा समयमा तिरेन भने जरिवाना तिर्नुपर्छ, आफ्नो नाम नखुलाउने सर्तमा ति स्थानीयले प्रश्न गदै भने, तर समयमा फोहोर लिन नआउने नगरपालिकालाई जनताले जरिबाना गर्न पाउछन् कि पाउदैन नि ? यस अघि पनि आफुहरुले पटक पटक आग्रह गर्दा बल्लतल्ल फोहोरको गाडी बस्तीमा पुग्ने गरेको स्थानीयबासी बताउछन् । यता गोरखा नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत दिनेशराज पन्तले नगर क्षेत्रभित्र फोहोर उठाउने काम नियमित भएको दावी गर्नुभयो । ‘सवै ठाउँमा ट्याक्टर पुगेकै छन्, उहाँले भन्नुभयो, त्यता तिर नगएको दुई चार दिन भएको रहेछ भनेपनि भोली तत्कालै पठाउछौ ।’
नगरपालिकाले कुहिने फोहोर र नकुहिने फोहोरो व्यवस्थापनका लागि नगरबासीलाई सचेतना प्रदान गर्न नसक्दा पनि नगरभित्र दैनिक निस्कने फोहोरको मात्र बढ्दो छ । घर भित्र कुहिने फोहोरको व्यवस्थापन घर भित्र नै गर्न सकिने भएपनि नगरबासीहरुले समते कुहिने र नकुहिने फोहोर एकै ठाउँमा राखेर प्याक्ने गरेकाले फोहोरका मात्रा बढी दैनिक व्यवस्थापनमा समस्या पर्दै आएको हो ।