काठमाण्डौ २१, जेठ । कोरोना संक्रमणबाट जिल्ला न्यायधिसको आज बिहान मृत्यु भएको छ । धादिङ जिल्ला अदालतका न्यायाधीश देवेन्द्र पौडेलको कोरोना सङ्क्रमणबाट मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।
५५ वर्षका पौडेलको उपचारका क्रममा राजधानीको स्टार अस्पतालमा निधन भएको हो । गएको २० दिनदेखि कोरोना संक्रमणको उपचार गराइ रहनु भएका पौडेल दुई बर्षदेखि जिल्ला अदालत वधादिङको न्यायाधीश पदमा कार्यरत हुनुहुन्थ्यो ।