Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

आगलागीमा परेर किरिया बसेका श्रीमान श्रीमतीको मृत्यु


2.4K
Shares

आगलागीमा परेर किरिया बसेका श्रीमान श्रीमतीको मृत्यु

संखुवासभा २१, जेठ । आगलागीमा परेर किरिया बसेका श्रीमान श्रीमतीको मृत्यु भएको छ । संखुवासभाको मादी नगरपालिका वडा नम्बर ५ च्याङरिङमा आगलागीमा परेर किरियापुत्री बसेका ४७ वर्षीय राजेन्द्रबाबु दाहाल र ४४ वर्षीया कमला भण्डारी दाहालको मृत्यु भएको वडाध्यक्ष नेत्र प्रसाद दाहाल जानकारी दिनुभयो ।

उहाँहरु सात दिन अघि निधन भएका ८४ वर्षीय बुबा कृष्णप्रसाद दाहालको काजकिरियाका बस्दै आउनु भएको थियो। आगलागीमा परेर गम्भीर घाइते भएका दाहालले बताउनुभयो । चार छोरा बुहारी र छोरीसहित १२ जना एकै घरमा किरिया बसेकोमा राजेन्द्रबाबु र श्रीमती कमला काज किरियामा बसेका घरबाट केही काम छ भन्दै नजिकै रहेको आफ्नो घर तर्फ गएका उहाँहरु निकै फेर नर्फकिएपछि खोजी गर्दा खोजी गर्दा आगोमा जलेको अबस्थामा भेटिएको हो ।

खोजीमा लागि गएकाहरुले घरमा आगलागी भएको देखेपछि ढोका फोरेर भित्र पस्दा राजेन्द्रबाबु आगोमा परेर जलेका थिए भने श्रीमती कमला जलेर मृत अवस्थामा फेला परेको वडाध्यक्ष दाहाले बताउनुभयो । घटनाको प्रकृति हेर्दा आत्महत्या भएको हुन सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology