तनुहँ २१ जेठ (रासस) तनहुँको देवघाट गाउँपालिका–५ निवासी ८३ वर्षीय वृद्धको देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले उद्धार गर्नुभएको छ । गाउँपालिकाभित्र दुई दशक अगाडिदेखि बसोबास गर्दै आउनुभएका ती वृद्धको अध्यक्ष थापाले उद्धार गर्नुभएको हो ।
एक्लै बस्दै आउनुभएका कृष्णबहादुर न्यौपाने केही समयदेखि बिरामी भएपछि थापा आफै घरमा पुगेर उहाँको उद्धार गर्नुभएको छ । ती वृद्धलाई मानव सेवा आश्रममा पठाइएको छ ।
देवघाटस्थित पुरानो झोलुङ्गे पुलमा बसेर दैनिक गुजारा गर्ने न्यौपाने दोहोरो कुरा गर्न नसक्ने, काम कम सुन्ने, आँखा पनि कम देख्ने गर्नुहुन्थ्यो । उहाँ २० दिनदेखि बिरामी भएपछि घरमा नै बस्दै आउनुभएको थियो । वृद्धसँग रु पाँच हजार रहेकाले उक्त रकम पनि आश्रमलाई बुझाइएको अध्यक्ष थापाले जानकारी दिनुभयो ।