Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

सांसद खड्काद्धारा आपँपिपल अस्पताल लगायतलाई १५ लाख रुपैया बराबरको स्वास्थ्य सामग्री प्रदान


8.4K
Shares

सांसद खड्काद्धारा आपँपिपल अस्पताल लगायतलाई १५ लाख रुपैया बराबरको स्वास्थ्य सामग्री प्रदान

गोरखा १९, जेठ । नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य एव प्रतिनिधि सभाका सांसद चुडामणी खड्का (प्रकाश) ले गोरखाको पालुङटार नगरपालिका र नगरपालिका भित्र बिभिन्न संघसंस्थाहरुलाई करिब १५ लाख रुपैया बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको छ । कोरोना संक्रमणबाट नागरिकहरुको स्वास्थ्य सुरक्षामा सहयोग पु¥याउन नेता खड्का सहितको टोलीले आज पालुङटार नगरपालिका, आपँपिपल अस्पताल लगायतका क्षेत्रमा पुगेर स्वास्थ्य सामग्री बितरण गरेको हो ।

पालुङटार नगरपालिका क्षेत्र भित्र पछिल्लो समय कोरोना संक्रमितको सख्ंया बढ्दै गएपछि नेता खड्का आफ्नै पहलमा स्वास्थ्य सामग्री बोकेर आइपुग्नु भएको हो । नेता खड्काले पालुङटार नगरपालिकालाई २ थान कन्सन्ट्रेटर, मास्क, सेनिटाइजर, पिसिइसेट लगायतका अत्याबश्यक औषधी उपलब्ध गराउनु भएको नगरपालिकाकी उपप्रमुख पम्फा बसेलले जानकारी दिनुभयो ।

आँपपिपल अस्पताललाई बुधबार स्वास्थ्य सामग्री प्रदान गर्नुहुदै सांसद चुडामणी खड्का (प्रकाश)

त्यस्तै आजै उहाँले आँपपिपल अस्पतालमा १ थान कन्सन्ट्रेटर सहितका अत्याबश्यक सामग्री उपलब्ध गराइएको जानकारी दिनुभयो । उता आँपपिपल स्वास्थ्या चौकीलाई पनि एक थान कन्सन्ट्रेटर सहित स्वास्थ्य सामग्री उपलब्ध छ । पालुङटार नगरपालिका वडा नम्बर २ को कार्यालयलाई पनि अक्सोमिटर, मास्क, सेनिटाइजर लगायतका औषधी उपलब्ध गराएको नेता खड्काले जानकारी दिनुभयो ।

पालुङटार नगरपालिकालाई बुधबार स्वास्थ्य सामग्री प्रदान गर्नुहुदै सांसद चुडामणी खड्का (प्रकाश)

खड्काले कोरोना परीक्षणका बिभिन्न संघसंस्थालाई गरि करिब एन्टिजेन किट ७ सय थान, पिपिई १ सय थान, फेस सिल्ड ५सय थान, सेनिटाईजर ५ सय लिटर, बुट लगायतका अत्याबश्यक औषधीहरु जिङ्क ट्यावलेट, मिटामिन सि भिटामिन डि लगायतका उपलब्ध गराइएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology