काठमाण्डौ । बालिका बलात्कारको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । सप्तरीको शम्भुनाथ नगरपालिका घर भएका २० बर्षिय राम आशिषलाई ५ बर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा ललितपुरको गोदावरी नगरपालिका–३ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनले बालिकालाई एक निर्माणाधिन होटलमा लगेर बलात्कार गरेको पिडित पक्षले आरोप लगाएको छ । पक्राउ परेका आशिष माथि थप अनुसन्धान अघि बढाइएको प्रहरीले भनाई छ ।