पौडी खेल्न गएका एक युवकको डुवेर मृत्यु भएको छ । ताप्लेजुङ जिल्लाको सिदिङ्वा गाउँपालिका–६ मेहेलेका १९ वर्षीय दिनेश चौहानको पौडी खेल्ने क्रममा डुवेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
मंगलबार पौडी खेल्न भएका उहाँ बेपत्ता हुनुभएको थियो । ति युवकको आज बिहान शव फेला परेको प्रहरीको भनाई छ । चोहान सिरिजङ्घा–२ आम्बेगुदिन र सिदिङ्वा–६ मेहेले जोड्ने काबेली खोलास्थित निर्माणाधीन पुल नजिकबाट बेपत्ता हुनुभएको थियो ।