गोरखाको बारपाक सुलिकोट गाउँपालिकाको बारपाकमा ९ बेड क्षमताको सहितको अस्थायी कोभिड अस्पताल सञ्चालन हुने भएको छ । गाउँपालिकाले कोभिडका बिरामीहरुका आपतकालिन उपचारका लागि बारपाकमा अस्थायी कोभिड अस्पताल सञ्चालन गर्न लागेको गाउँपालिका अध्यक्ष अध्यक्ष बिष्णुप्रसाद भट्टले जानकारी दिनुभयो ।
‘संक्रमितलाई आपतकालिन उपचार गरिहाल्नु पर्ने अबस्था आए अन्यन्त्र सुबिधा सम्पन अस्पतालमा पु¥याउनु अघि आबश्यक उपचारको व्यवस्था मिलाउनका लागि अस्थायी अस्पताल सञ्चालन गर्न लागिएको हो, उहाँले भन्नुभयो, अस्पतालमा चिकित्सक, स्टार्फ नर्स तथा हेल्थ असिस्टेण्ड सहितको स्वास्थकर्मीको टिम रहने गरि अस्पताल सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ ।’
बारपाकमा एकै ठाउँमा कोरोना संक्रमणदर उच्च भएकाले पनि त्यहाँका नागरिकहरुको स्वास्थ्य सुरक्षाका लागि अस्थायी कोभिड अस्पताल निर्माण नगरी नहुने अबस्था भएकाले गृहकार्य सुरु गरेको अध्यक्ष भट्टको भनाई छ । ‘नागरिकहरुको स्वास्थ्यको सुरक्षा अहिले हाम्रो पहिलो प्राथामिकता हो, उहाँले भन्नुभयो, ‘जसरी हुन्छ कोरोना संक्रमणबाट गाउँपालिका भित्रका नागरिकको जीवन रक्षा गर्नुपर्छ ।’
अस्थायी कोभिड अस्पताल निर्माणका लागि जिल्ला स्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्रलाई आबश्यक जनशक्ति उपलब्ध गराईदिन आग्रह गरेको र केन्द्रले पनि केही जनशक्तिको उपलब्ध गराइसकेको अध्यक्ष भट्टले जानकारी दिनुभयो ।
डिसिसिएमसीको बैठकले बारपाकमा अस्थायी कोभिड अस्पताल सञ्चालनका लागि आरुघाट गाउँपालिकाले तोकेको एकजना चिकित्सकको संयोजकत्वमा गोरखा अस्पतालबाट स्टार्फ नर्स र हेल्थ असिस्टेण्ट पठाउने निर्णय गरिसकेको छ, उहाँले भन्नुभयो, आबश्यक थप जनशक्ति गाउँपालिकाले पनि व्यवस्था गरि २÷३ दिन भित्रमा सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।
जिल्ला स्तरिय कोभिड १९ संकट व्यवस्थापन केन्द्रको मंगलबार बसेको बैठकले बारपाक क्षेत्रका संक्रमितहरुको उपचारका गाउँपालिकाको आग्रहमा स्वास्थ्यकर्मी पठाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी शालिकग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । बारपाक क्षेत्रमा मात्र अहिले पिसिआर र एन्टिजेन परीक्षणबाट पुष्टी भएका २७६ जना कोरोना संक्रमित रहेका छन् । एकैठाउँमा करिब ११ सय ५० भन्दा बढी घर जोडिएर रहेकाले पनि बारपाक क्षेत्रमा थप संक्रमणको जोखिम रहेको छ ।
केहीसाता अघि बारपाकमा कोरोनाको लक्षणसंग मिल्दोजुल्दो बिरामीको संख्या अत्याधिक भएपनि गाउँपालिका अध्यक्ष भट्टको आबहनमा गण्डकी प्रदेश, स्वास्थ्य कार्यालय, गोरखा अस्पताल र गाउँपालिकाबाट खटिएको चिकित्सक सहितको स्वास्थ्यकर्मीको टोलीले करिब १४ जनाको कोरोना परीक्षण गरेको थियो ।