काठमाण्डौ १८, जेठ । पटक पटक चर्को आलोचना व्यर्होदै आउनु भएका बनमन्त्री प्रेम आलेमगरले यो पटक भने जताततै प्रसंसा पाउनु भएको छ । सोमबार (हिजो) जिउदै जलाइएकी डोटीको आदर्श गाउँपालिका ४ रोडिङ्गे गाउँकी २८ वर्षीया लक्ष्मी भाटको हेलिकप्टर मार्फत आफ्नै पहलमा उद्धार गरि उपचारको व्यवस्था मिलाएपछि मन्त्री मन्त्री आलेमगरको सामाजिक सञ्जालमा प्रसंसा बढेको हो । जेठ १२ गते राति १२ बजे आफ्नै पसलमा सुतिरहेको बेला भाटलाई प्रज्वलनशिल पदार्थ छर्केर आगो लगाईएको थियो ।
लक्ष्मीको उपचार डोटीकै राजपुरस्थित सुजङ्ग अस्पतालमा भईरहेको थियो । आर्थिक अबस्था समेत कमजोर भएकी पिडित महिलाको उद्धार पछि बनमन्त्री आलेमगरको यो कार्यको सवै क्षेत्रबाट प्रसंसा गरिएको छ । यस अघि बिभिन्न घटनामा उहाँको चर्को आलोचना हुदै आएको थियो । पछिल्लो घटनाले जनताले पात्र नभई उसको कार्यका आधारमा आलोचना र प्रंसस गर्दा रहेछन् भन्ने समेत पुष्टी हुन्छ ।

अस्पतालले उनको थप उपचारका लागि जिल्ला बाहिर लैजानुपर्ने बताउदै पाँच दिन पहिला रिफर गरिदिएको थियो तर परिवारको कमजोर आर्थिक अवस्थाका कारण उनि अस्पतालमै थिईन् । वन तथा वातावरण मन्त्री प्रेम आलेमगरको विशेष पहलमा अर्थमन्त्री विष्णु पौडेल र गृहसचिव महेश्वर न्यौपानेको समन्वयमा डोटी पुगेको नेपाली सेनाको हेलिकप्टरबाट भाटलाई काठमाडौँ लगेको वन मन्त्री आलेका स्वकिय सचिव हेमन्त रेग्मीले जानकारी दिनुभयो ।