दाङ १७, जेठ । सशस्त्र प्रहरीले बेवारिसे अवस्थामा दुई नाल भरुवा बन्दुकसहित अक्सिजन सिलिन्डर बरामद गरेको छ। गढवा गाउँपालिका वडा नम्बर ८ दुर्गा सामुदायिक वनबाट बेवारिसे अवस्थामा दुई नाल अवैध भरुवा बन्दुक बरामद गरेर जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कोइलाबास नाकाका सशस्त्र प्रहरी निरिक्षक माधवप्रसाद ढुङ्गेलको कमान्डमा सोमबार खटिएको गस्ती टोलीले दुई नाल भरुवा बन्दुकसहित अक्सिजन सिलिन्डर बरामद गरेको हो ।
उता भारतसँग जोडिएको दाङको कोइलाबास नाकाबाट अवैध रूपमा तस्करी हुन लागेको दुई थान अक्सिजन सहितको सिलिन्डर बरामद गरिएको प्रहरीले जनाएको छ । फाइल फोटो