पाँचथर १६, जेठ । पाँचथर । नेपाल पत्रकार महासंघ पाँचथर शाखाका उपाध्यक्ष एकराज भण्डारीको कोरोना संक्रमणबाट निधन भएको छ । झापाको बिर्तासिटी अस्पतालमा उपचारका क्रममा उहाँको शनिबार अपरान्ह ४:३० बजे निधन भएको अस्पतालले पुष्टी गरेको छ ।
५२ वर्षीय भण्डारीलाई गएको बैशाख ३१ गते कोरोना पुष्टी भएको थियो । श्वासप्रश्सावमा समस्या देखिएपछि उहाँलाई भेन्टिलेटरमा राखी उपचार भइरहेकोमा उपचारका क्रममा निधन भएको हो । मृतक भण्डारी नेपाल प्रेस युनियनमा समेत आबद्ध हुनुहुन्थ्यो ।