Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा एकैदिन २ सय २३ जनामा कोरोना संक्रमणको पुष्टी


3.2K
Shares

गोरखामा एकैदिन २ सय २३ जनामा कोरोना संक्रमणको पुष्टी

गोरखा १२, जेठ । गोरखामा एकैदिन २२३ जनामा कोरोना संक्रमणको पुष्टी भएको छ । गण्डकी प्रदेश जनस्वास्थ्य निर्देशनालयका अनुसार जिल्लामा मंगलबार १४० जना पुरुष र ८३ जना महिलामा कोरोना संक्रमणको पुष्टी भएको हो । संक्रमण पुष्टी भएकाहरु भीमसेन थापा गाउँपालिका, शहिद लखन गाउँपालिका लगायतका रहेको जनाइएको छ ।

गोरखा जिल्लामा पछिल्लो समय कोरोना संक्रमितको संख्या अत्याधिक बढ्न थालेको छ । संक्रमितको सम्र्पकमा रहेका व्यक्ति, कोरोना लक्षणदेखिएको व्यक्तिहरुको पिसिआर रिर्पोट समयमा नआउदा पनि समस्या हुने गरेको जनप्रतिनिधिहरुको भनाई छ । जिल्ला भित्रका स्थानीय तहहरुले पिसिआर रिर्पोट ढिलो गरि आउन थालेपछि अहिले एन्टिजेन परीक्षणमा जोड दिन थालेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology