प्युठान १२, जेठ । प्युठानको प्युठान नगरपालिका १ मा आमासहित छोरा र छोरी झुण्डिएको अवस्थामा फेला परेका छन् । भुण्डिएको अबस्थामा वर्ष १ को सुशान्त सुनार, वर्ष ६ की प्रकृति सुनार र वर्ष २६ की गायत्री सुनार रहेको जिल्ला प्रहरी कार्यालय प्युठानका डिएसपी सुनिल मल्लले जानकारी दिनुभयो ।
तिनै जना रातामाटा सामुदायिक वनको एउटा रुखमा भुण्डिएको अबस्थामा भेटिएको प्रहरीको भनाई छ । हिजो (सोमबार) करिब १ बजे घरबाट माइती जान्छु भनेर घर बाट हिडेका थिए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।