Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

गोरखा जिल्लामा पनि भोलिदेखि निषेधाज्ञालाई थप कडाइ गरिदै


2.8K
Shares

गोरखा जिल्लामा पनि भोलिदेखि निषेधाज्ञालाई थप कडाइ गरिदै

गोरखा ८ जेठ । गोरखा जिल्लामा पनि आइतबार भोलिदेखि निषेधाज्ञा थप कडा बनाउन गृहमन्त्रालयले निर्देशन पठाएको छ । देशभर निषेधाज्ञा जारी गरेको ३ हप्ता हुनै लाग्दा समेत कोरोना संक्रमणको दर झनै बढ्न थालेपछि सवै जिल्लामा निषेधाज्ञामा थप कडाई गर्न गृहमन्त्रालयले निर्देशन दिएको स्रोतको दावी छ ।

गृहको निर्देशन पछि गोरखा जिल्लामा पनि भोलीदेखि थप कडाई गरिने प्रसासन स्रोतले जानकारी दिएको छ । शनिबार गृह मन्त्रालयले निषेधाज्ञा कडा बनाउन भन्दै ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई सर्कुलर जारी गरेको हो। गृहको निर्देशन पछि आइतबारदेखि जिल्लामा हिँडडुुलमा थप कडाइ गरिने भएको छ ।

मन्त्रालयले शनिबार नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखसँग समेत छलफल गरेको थियो । छलफलपछि गृहसचिव महेश्वर न्यौपानेले निषेधाज्ञा कडा बनाउनुपर्ने अवस्था आएकाले सोही अनुसार गर्न निर्देशन दिनुभएको थियो । गृहप्रवक्ता जनकराज दाहालले निषेधाज्ञा प्रभावकारी बनाउन निर्देशन दिइएको बताउँदै यसबारे हालैका दिनमा भएका कामकारबाहीबारे समीक्षा समेत भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology