Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

माओवादी केन्द्रका नेता पाण्डेमाथि गोली प्रहार, अबस्था गम्भीर


1.8K
Shares

माओवादी केन्द्रका नेता पाण्डेमाथि गोली प्रहार, अबस्था गम्भीर

काठमाण्डौं ६, जेठ । नेकपा माओबादी केन्दका जिल्ला कमिटी सदस्य दीपक पाण्डे अज्ञात समुहको गोली प्रहारबाट गम्भीर घाइते हुनुभएको छ । । गएराती तीन जनाको समूहले पाण्डे माथि गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।

पाण्डेको पेट र कम्मरमा दुईवटा गोली लागेको छ। उहाँको अबस्था गम्भीर रहेको अस्पतालको भनाई उद्धृत गर्दै प्रहरी नायव उपरिक्षक (डिएसपी) धर्मराज पाण्डेले जानकारी दिनुभयो । घाइते पाण्डेको अहिले युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ ।

पाण्डेको शरीरबाट एउटा गोली निकालिएको र अर्को निकाल्न बाँकी रहेको छ । ठेक्कापट्टाको काम गर्ने पाण्डेमाथि निग्लिहवातर्फबाट मोटरसाइकलमा आएका तीनजनाको समूहले गोली चलाएको प्रहरीले जनाएको छ। पाण्डेले नदिजन्य, क्रसर उद्योग तथा ठेक्कापट्टाको काम गर्दै आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology