काठमाण्डौं १ जेठ । नेपाली कांग्रेसका उपसभापति बिजयकुमार गच्छदारकी पत्नी निर्मला गच्छदारको निधन भएको छ। उहाँको आज बिहान
काठमाडौंको थापाथली स्थित नर्भिक अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले पनि निर्मला गच्छदारको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।