Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

माओवादी मजदुर नेताको होटलमा तासको खाल, २५ जना पक्राउ


2.8K
Shares

माओवादी मजदुर नेताको होटलमा तासको खाल, २५ जना पक्राउ

काठमाण्डौं २९ बैशाख । माओवादी केन्द्र निकट मजदुर नेता पिताम्बर गौतमले सञ्चालन गरेको फेवा दर्शन होटलमा जुवा खेल्दै गरेका २५ जनालाई महानगरीय प्रहरी वृत सोह्रखुट्टेको टोलीले पक्राउ गरेको छ । निषेधाज्ञाको सयममा काठमाडौंको सोह्रखुट्टे स्थित बहती पोखरीमा जुवा खेलिरहेका उनिहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रहरीले तासको खालबाट नगद १० लाख ९७ हजार नगद बरामद गरेको छ । तासको खालबाट ३० बुक तास र जुवा खेल्न प्रयोग गरिएको २ सय ५० वटा क्वाइन समेत बरामद गरेको प्रहरीको भनाई छ ।

पक्राउ पर्नेमा होटल संचालक पिताम्बर गौतम, भारतिय नागरिक कानु प्रधान, काठमाडौं घर भएकी रञ्जना ढकाल, काभ्रेका पुरुषोत्तम न्यौपाने, महोत्तरीका मनोज कुमार मण्डल र बझाङका उमेश बिक लगायत रहेका छन् । घटनाको थप अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology