गोरखा २८ बैशाख । नेपाल कम्युनिष्ट पाटी माओाबादी केन्द्र गोरखाले सदरमुकामको पाटेचौरमा रहेको जिल्ला पार्टी कार्यालय कोडिभ १९ का संक्रमितहरुको उपचारका लागि आइसोलेसन कक्ष निर्माण गर्न दिने निर्णय गरेको छ ।
पार्टीका जिल्ला अध्यक्ष लेखबहादुर थापाले आज एक बिज्ञप्ति जारी गर्दै कोरोना संक्रमितको उपचारका लागि आइसोलेसन बेडको अभाव हुन नदिन पार्टी कार्यालयमा नै आइसोलेसन कक्ष निर्माण गर्न दिने निर्णय गरेको हो ।
जिल्लाका सवै स्थानीय तहहरुमा संक्रमित दिनानु दिन अध्याधिक बढेको र उपचारका लागि आइसोलन बेडको अभाव भएको सन्र्दभले पार्टीलाई अत्यन्त दुखित् बनाएको छ, अध्यक्ष थापाद्धारा जारी बिज्ञप्तिमा भनिएको छ, जनताको माझमा रहेको जिम्मेवार पार्टी हुनुको नाताले जनताको स्वास्थ सुरक्षाको सवाल नै हाम्रो मुख्य सवाल हो, यस प्रकारको दुःख र पिडामा हामी सधै साथमा रहन्छौ ।
बिज्ञप्तिमा जिल्ला स्थित कोभिड १९ संकट व्यवस्थापन केन्द्रले आबश्यकता परेमा तत्काल पार्टी कार्यालयमा आइसोलेसन निर्माण गर्नसक्ने उल्लेख गरिएको छ ।