गोरखा २८, बैशाख । नेपाल काग्रेस गोरखाले कोरोना संक्रमितको उपचारका लागी जिल्ला पार्टी कार्यालयमा आइसोलेसन निर्माण गर्न दिने निर्णय गरेको छ । पार्टीको सोमबार बसेको बैठकले जिल्ला भित्र कोरोना संक्रमितको दर बढ्दै गएको भन्दै आइसोलेसन निर्माणका लागि भवनको अभाव भए पार्टी कार्यालयमा आइसोलेसन निर्माण गर्न दिने निर्णय गरेको जिल्ला सचिव नन्दप्रसाद न्यौपानले जानकारी दिनुभयो ।
सचिव न्यौपानेद्धारा जारी बिज्ञप्तिमा जिल्ला भित्र आइसोलेसन निर्माणका लागि ठाउँको अभाव भएको भन्ने कुरा दुखद भएको भन्दै नागरिकको जीवन रक्षाका लागि नेपाली काग्रेसको पार्टी कार्यालयमा रहेको बिपि गणेशमान मेमोरियलको सभाहल दुईवटा आइसोलेसन निर्माण गरि सञ्चालन गर्न दिने निर्णय गरेको जनाइएको छ ।