काठमाण्डौ २७, बैशाख । प्रतिनिधी सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले बिश्वासको मत गुमाउनु भएको छ । बिश्वासको मत लिन आजका लागि बोलाईएको बैठकमा ओलीले ९३ मत मात्र प्राप्त गर्नुभयो ।
उहाँको बिपक्षमा १२४ मत खसेको सभामुख अग्नीप्रसाद सापाकोटाले जानकारी दिनुभयो । सभामुख सापकोटाले प्रधानमन्त्री बिश्वासको मत पाउ भनि संसदमा राखेको प्रस्ताव अस्विकृत भएको घोषणा गर्नुभयो ।
कुल खसेको २३२ मत मध्ये १५ मत तटस्थ खसेको सभामुख सापकोटाले जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीले बिश्वासको मत गुमाउन भएसंगै दुई तिहाईको बामपन्थी सरकार ढलेको छ । अब संसदमा रहेका दलमध्ये जसले बहुमत पु¥याउछ उसैको नेतृत्वमा सरकार गठन हुनेछ ।